भन्सार छलेर ल्याइँदै गरेका १५ लाख बढीको अवैध सामान कैलालीबाट बरामद

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २१ गते।

१५ लाख बढीको अवैध सामान सहित २ जना कैलालीमा पक्राउ परेका छन् ।

 सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलाली खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले टीकापुर नगरपालिका–८ बनगाउँ ईलाकाबाट १५ लाख २५ हजार ७० बरावरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान, कस्मेटिक सामान सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नम्बर २ का २३ बर्षीय रन्जु चौधरी र सोही नगरपालिका वडा नम्बर १ का २२ बर्षीय सागर चौधरी रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

टिकापुर नगरपालिका वडा नम्बर ८ बनगाउँ ईलाकाबाट भन्सार छली सामान ल्याईरहेको अवस्थामा से १ च २१४८ नम्बर को वलेरो पिकअप गाडी समेत प्रहरीले बरामद गरको छ । सामान र गाडी सहित २ जनालाई आवश्यक कारवाहीको लागी सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *