अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,पुस २३ गते।
सिरहाको गोलबजार नपा ६ डोहटीयामा एक किशोरको शव फेला परेको छ ।
गोलबजारमा रहेको सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत गोलबजार नपा १२ हरिपुरका किशोर सिंहका १७ वर्षिय छोरा आनन्दको शव फेला परेको हो ।
उनि मंगलबार बिहानैदेखि हराएका थिए। घरपरिवारले खोजतलास गरेपनि फेला नगरेपछि विहानै इलाका प्रहरी गोलबजारमा जानकारी गराएको थियो । विद्यालय पोशाकमै रहेका घटनास्थलमा नजिकै साइकल, व्लेड र किटनाशक विषादी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार घटना शंकास्पद रहेपनि अहिले नै केही भन्न नसकिने जनाएको छ ।

शव फेला परेपनि हत्या भएको भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन् । प्रहरीले बल प्रयोग गरी शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लगेको छ ।
उनका आफन्तले आशंकाको आधारमा व्यक्ति नै किटान ठाडो निवेदन दिएपनि घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।