अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २३ गते।
प्रधानमन्त्रीले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी विभाजनपछि ओलीको यो पहिलो काठमाडौं बाहिर पहिलो सम्बोधन हो ।
सुदूर पश्चिम प्रदेश कमिटीको विस्तारित बैठकले पुस २४ गते धनगढीमा जनसभा आयोजना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ ।
धनगढीमा हुने जनसभालाई ओलीले सम्बोधन गर्ने जनसभा भएकाले उक्त कार्यक्रमलाई सफल पार्न योजनावद्ध जनपरिचालन गर्ने निर्णय सो कमिटीले गरेको छ ।