अमेरिकी संसद भवन भित्र गोली चल्यो, एकजना महिलाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २३ गते।

अमेरिकी संसद भवन भित्रै पसेर राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण र तोडफोड गरेका छन्।

यो घटनामा गोली लागेर एकजना महिलाको मृत्यु भएको छ। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो ।

संसद भवनमा भएको आक्रमण लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेको जनाएको छ । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको उनले टिप्पणी गरेका छन्।

कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *