अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २३ गते।
राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुहुनेछ । यसैगरी राष्ट्रिय सभाध्यक्षले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम समेत मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।