माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २४ गते।

एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ ।

आगामी माघ १ गतेदेखि अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो । 

ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् । अहिलेसम्म यो व्यवस्था नरहेको र अब भने अनुमति लिएर र जानकारी गराएर शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पूर्ण सुरक्षाको प्रबन्ध मिलाएर विद्युतीय कारोबारमा प्रयोगकर्ताको युजर नेम र पासवर्ड हराएमा आफै प्राप्त गरेर फेरि सेवा सुरु गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *