अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २४ गते।
केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन्।
अनेरास्ववियू कैलालीले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रधानमन्त्री विरुद्ध विरोध जनाएको हो ।
अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।
विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।