अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २४ गते।
आगामी माघ १ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् ।
केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।
साथै प्रधानमन्त्री ओलीले संसद विघटनपछि नेकपाबाट अर्को समूह प्रचण्ड नेपाल समूहले कुरा मात्र गरेर बसेको आरोप लगाउँदै आफूहरु कुरा गरेर नभई काम गर्ने बताए । “पार्टी केन्द्रीय कमिटी बैठकमा नआइ साथीहरु कहाँ गए भनेको त सडकमा पो हामी यहाँ छौँ भनेर बसेका रहेछन् ।” प्रधानमन्त्री ओलीले भने ।
बिहीवार राष्ट्रपति समक्ष प्रगति विवरण बुझाउँदै प्रतिवेदनमा ९ सय ७९ किलोमिटर बाटो कालोपत्रे गरेको बताएका छन् ।