ट्रकको ठक्करबाट कपिलवस्तुमा एक पैदलयात्रुको मृत्यु

अनलाईन न्युजपाटी कपिलवस्तु,समाचारदाता,माघ २ गते।

ट्रकको ठक्करबाट कपिलवस्तुको शिवराज नगरपालिका-१ चैनपुरमा एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति शिवराज नगरपालिका–१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि पैदलयात्रीलाई ठक्कर दिएको हो ।

स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उहाँले आग्रह गर्नुभएको छ । उहाँले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *