आज थप २ सय ७० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २ सय ७० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६६ हजार ८ सय १६  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ संक्रमितको मृत्यु भएको छ । योसँगै मुलुकभर मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *