आजको मौसम पूर्वानुमान: एक वा दुई स्थानमा आज हल्का वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ३ गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली  रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

दिउँसो :  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

देशको विभिन्न भू-भागमा  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *