अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १५ गते।
मनाङ जिल्लाको नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि आगलागी भएको छ ।
बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटिएका छन । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ ।
मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उहाँले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताउनुभयो ।
हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ ।
धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । एउटा डाँडो पूरै जलिसकेको छ र आगो मानव बस्तीनजिक पुगेको छ ।