यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापा मारेपछि सवारी चालक अनुमति पत्रको सबै परीक्षा स्थगित

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १५ गते।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरेको छ ।

कार्यालयले बुधबार (माघ १४ गतेदेखि १६ गतेसम्म) हुने भनिएको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

बुधबार कार्यालयका निमित प्रमुख विरेन्द्र साहले एक सूचना प्रकाशितगरी अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएका छन् ।

सवारी चालक परिचय–पत्र वापत् उठाएको घूसको रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *