कोहलपुरबाट रेडपान्डाको छाला सहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १५ गते।

रेडपाण्डाको छालासहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा कोहलपुरको दैलेखी होटलको कोठा नं. ११३ मा छापा मार्दा रेडपान्डाको छाला सहित तीन जना फेला परेका हुन् ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ का ४२ वर्षीय धनबहादुर शाही र सल्यान वनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन छन्।

उनीहरूलाई प्रहरीले दैलेखी होटलबाट बुधबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूबाट प्रहरीले दुई थान रेडपाण्डाको छाला बरामद गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *