लागुऔषध ब्राउन सुगरसहित एक युवक सिरहाबाट पक्राउ

अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,माघ १५ गते।

लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा बस्ने बर्ष १९ का कृष्ण कुमार महतो रहेका छन् ।

प्रहरीले उनलाई बुधबार दिउँसो ३ बजे चोहर्वाबाटै बिक्री बितरण गर्नको लागि लगिरहेको अवस्थामा सानो १४ थान पोकामा ३२० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *