आजदेखि भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका खुला

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १६ गते।

आजदेखि सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका खुला गरेको छ। 

मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो ।

दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ। 

कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *