लागूऔषध गाँजासहित दुईजना इटहरीबाट पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ १६ गते।

लागूऔषध गाँजासहित दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

इटहरी ५ कलंकीबाट गाँजासहित दुईजनालाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

पक्राउ पर्नेमा धनकुटा शहीदभूमी गाउँपालिका पोखरीटोल बस्ने २७ वर्षीय नगेन्द्र राई र २९ वर्षीय गजेन्द्र राई रहेका छन् ।

विशेष सूचनाका आधारमा चार किलो गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको इटहरीका डीएसपीले बताए । माघ ७ गते पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *