अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।
जाजरकोटमा ठगीको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्दनाथ नगरपालिका ९ जुम्ला घरभई हाल नेपालगञ्ज बस्ने २६ बर्षीय यज्ञप्रसाद रेग्मी, चन्दनाथ नगरपालिका ९ श्रीढुस्काका ३३ बर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट गाउँपालिका १ रामिडाँडाका ४० बर्षीय हरिचन्द्र बस्नेत र ३३ बर्षीय मानबहादुर महतारा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
नक्कली कागजात बनाएर ठगि गर्दै आएका उनीहरुलाई भेरी नगरपालिका –४, शान्ति चौताराबाट नियनत्रणमा लिइएको डीएसपीले बताए ।
नागरिकबाट संकलन गरेको नगद चार लाख ४० हजार ४४५ रुपैयाँ, ग्रामीण विकास तथा क्लीन इन्भारोमेन्ट नेपाल लेखिएको लेटरप्याड, अमन ईन्ट्रेरियर एण्ड डेकरेशन विजनेश ग्रुप लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाण–पत्र, ३ वटा मतदाता परिचय–पत्र, कृषि विकास बैंक लिमिटेडको चेक बुक लगायतका कागजात समेत भेटिएको डीएसपीले बताए।
प्रहरीले चार जनाविरुद्धमा जिल्ला अदालतमा ठगी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरेर आवश्यक छानविन गरिरहेको छ।