सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते भएका छन् ।

आज दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको हो ।

लामोसाँघु–जिरी सडकखण्डमा बा२ख २७८९ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण सडकमै पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बसका चालक भने फरार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *