अनलाईन न्युजपाटी शहबाज खान, कपिलवस्तु समाचारदाता, माघ २१ गते।
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी कृष्णानगरले अन्दाजी २५० किलो अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) कृष्णानगर बाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिनाको कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा २५०किलो माछा बरामद गरेको छ।
करिब१५:४५ बजेको समयमा सशस्त्र प्रहरी ले अन्दाजी मूल्य ८००००/-(अस्सी हजार रुपया)बराबर को माछा बरामद गरेको हो। गस्ती टोली लाई देखि माछा छोडेर भागे को अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिनुभयो।
जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछा लाई नष्ट गरेका छन ।
खुल्ला सिमानाको कारणले तस्करहरु मौका छोपी यस्ता अबैध गतिबिधीहरु भइरहेको सूचना हामी पाएको हाम्रो टोलीले दिन-रात सिमामा खटि लगातार अवैध कारोबारहरु रोक्ना मा सफलता पनि पाएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिनुभयो।