अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ २० गते।
विगत एक सप्ताह देखि सितलहरले बढदै गएको जाडो को मध्य नजर गरि वीरगंजको टाउन हाँल पार्टी प्यालेसमा कलवार सेवा समिति समाज पर्साले नगर भित्र रहेको विभिन्न वडाहरुमा रहेको गरिब तथा बिपिन्न बर्गको मानिसहरूलाई सिरक वितरण गरेको छ।
समाजसेवी शिवजी गुप्ताले मानवसेवा नै सबभन्दा ठुलो सेवा हो ।कलवार समाजले यति आवशयक रहेको गरिब वर्गहरुको लागि शिक्षा , स्वास्थ खाघान्नमा सहयोग गर्ने र गराउने बताउनुभयो ।यो समाजले गरिब वर्गका मानिसहरु लाई सहयोग युवाहरुलाई लागन आग्रह गरे।यो समाजले असहाय गरिबहरुलाई निरन्तरता दिने बताउनुभयो ।
समाजले मंगलबार वीरगञ्जका विभिन्न स्थानका गरिव, अतिविपन्न र दिनदु:खिहरुलाई एक कार्यक्रम बीच कम्बल १७५ जना घरपरिवारलाई वितरण गरेको समाजका अगुवा भोला कलवारले बताउनुभयो ।
समाजसेवी राजिव कलवारको सभापतित्वमा भएको कार्यक्रममा वीरगंजको विभिन्न वडामा रहेको गरिब विपन्न वर्गका १७५ जनालाई घरपरिवारलाई वितरण गरेको हो।
उक्त कम्बल वितरण कार्यक्रममा कलवार समाजका अगुवा शिवजि कलवार, राजेन्द्र कलवार , विष्वामित्र कलवार , नेता बाबुराम कौशिक लगाएतको उपस्थिति रहेको थियो।