पश्चिम नवलपरासीमा तीन लाख मूल्य बराबरको अवैध मालसामान बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव ,नवलपरासी ,समाचारदाता,माघ २१ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब  ३ लाख ७७ हजार ८ सय २ रुपैया  मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट  ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ ।

बरामद भएका मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *