अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ २२ गते।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्तालको विरोधमा उत्रिएका छन्।
विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक कायम गर, सत्ताको सिकार विद्यार्थीलाई बनाउन पाइदैन्, विद्यालय खुला गर, शान्ति क्षेत्रमा अशान्ति फैलाउन पाइदैन् भन्ने नारासहित विरोध प्रर्दशन गरेका हुन्।
विद्यार्थीहरुले बहुमुखी क्याम्पसको गेटदेखि निकालेको विरोध र्याली अहिले क्याम्पस चोकतर्फ अगाडी बढेको छ।