अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ २२ गते।
प्रचण्ड माधव समूहले गरेको बन्दको क्रममा आज बिहानै धरानमा झडप भएको छ । भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानै देखि प्रदर्शन गरेका थिए ।
एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्न खोज्दा ट्याम्पोवालालाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुवै पक्षबिच झडप भएको थियो ।
टायर बाल्नेक्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजे पछि मजुदरसंग सामान्य झडप भएको नेकपा सङ्घर्ष समितिका सहसंयोजक चोत्लुङले बताएका छन् ।