अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ २२ गते।
मोरङको उर्लाबारीबाट प्रहरीले १८५ राउण्ड गोली बरामद गरेको छ ।
स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा काम गर्ने क्रममा गोली फेला परेको हो ।

बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले बताए।
माटो मुनि लुकाईछिपाई राखिएको हातहतियारमा प्रयोग हुने ७.६२ एमएम साइजको गोली १८५ राउण्ड फेला परेपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ताले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले सो गोली बरामद गरेको हो। प्रहरीले गोली कसले राख्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ।