अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ २२ गते।
जनकपुरमा प्रचण्ड–माधव पक्ष नेकपाका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
जनकपुरमा बन्दको प्रभाव न्यून देखिएपछि बन्द गराउन सडकमा उत्रिएका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई पूर्वमन्त्रीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्।
पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले प्रचण्डनेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ।