पर्सा प्रहरीद्वारा अवैध चरेश सहित एकजना पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ २३ गते।

पर्सा प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ स्थित मुसौली सडकखण्डमा नियमित चेकजाँचका क्रममा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मिलनचोकको टोलिको मोटरसाईकल चेकजाँच गर्ने ५ सय ६० चरेससहित पटेर्वासुगौलीका २८ वर्षिय जादु साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलि देख्नासाथ मोटरसाईकल घुमाई भाग्न खोज्दा पछाडी सवार सोनारलाई प्रहरीले तानेर पक्राउ गरेको थियो ।

मोटरसाईकलका चालक भने फरार भएका छन् । पक्राउ परेको सोनारलाई नियन्त्रण राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *