अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २३ गते।
इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् ।
सेनाको लेफ्टिनेन्ट हुँ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्लाका शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंयासहित विभिन्न बैंकका एटीएम र आईएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेको जनाएको छ ।
उनीविरुद्ध १० जना व्यक्तिले किटानी जाहेरीसमेत दिएकाले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्लाका एसपी कमल थापाले जानकारी दिए । उनलाई सहयोग गर्ने सिन्धुली दुधौली नगरपालिका–८ का ३८ वर्षीय वसन्तकुमार खड्कालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।