१७ लाख बराबरका सुनचाँदीका गरगहनासहित दुई व्यक्ति दाङबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १ गते।

१७ लाख बराबरका सुनचाँदीका गरगहनासहित दुई व्यक्ति दाङमा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- १७ वनकट्टा घर भई घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ वर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई डाँगीसँगै बस्ने ३५ वर्षीय पंकजकुमार गुप्ता छन्।

उनीहरू दुबै जनालाई गोप्य सूचनाका आधारमा घोराही ३ गोग्ली भन्ने स्थानबाट बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए। 

गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट १७ लाख बराबरको सुनचाँदीका गरगहना बरामद भएको हो ।

पक्राउ परेका व्यक्तिमध्ये डाँगीको साथबाट चार वटा सुनका बाला बरामद भएको र त्यसको तौल गर्दा दुई सय आठ ग्राम ३२ मिलिग्राम रहेको डिएसपी रिजालले जानकारी दिए। डाँगीबाट बरामद भएको सुनका बालाहरूको हाल बजार मूल्य १६ लाख ६९ हजार ९ सय बढी पुग्ने उनले बताए।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *