अवैध रुपमा डिजल भारततर्फ निकासी गर्ने तीन जना पक्राउ

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,फागुन ४ गते।

भारततर्फ अवैध रुपमा डिजल निकासी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाँउपालिका -३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका- ३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका- २२ का शम्भु महतो पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको ट्याङ्कर चालक, पाख्रीन सहचालक र गुप्ता स्वेता आलय ट्रेडर्सको मुन्सी हुन् ।

आइतबार राति ६:५० बजे च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १ हजार ३६० लिटर डिजेल भारततर्फ निकासी गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *