सशस्त्र प्रहरी द्धारा ८ हजार कुखुराको चल्ला पक्राउ गरि नष्ट

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, फागुन ४ गते।

सशस्त्र  प्रहरी बल बिओपी अमरपर्टीले अवैधरुपमा भारतवाट नेपाल भित्रायाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।

कुखुराको चल्ला तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा भलुहवाघाटको बिचवाट सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीवाट सशस्त्र प्रहरी निरीक्षक निरंजन कार्कीको कमाण्डमा रहेको टोलीले अवैध कुखुराको चल्ला ५००० पक्राउ गरि पशु क्वाईरन्टाइनर र स्थानियको रोहबरमा नष्ट  गरिएको हो।

त्यसै गरि सशस्त्र प्रहरी बल बिओपी अलौले सोमबार  बिहान पर्साको तिलावे पुल नजिकवाट बिशेष सूचनाको आधारमा भारतवाट नेपाल भित्राउदै गरेको अवस्थामा  ३  हजार कुखुराको चल्ला सहित साईकल नियन्त्रणमा लिएको  सशस्त्र प्रहरी नायब निरीक्षक बब्लु सिंहले बताउनुभयो ।

सशस्त्र प्रहरीद्वयले पक्राउ गरेको ८ हजार करिब अवैध चल्ला ६ लाख बराबरको बरामद गरि नष्ट गरेएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *