नेपाली सेनाको बस दुर्घटना हुँदा बाँकेमा १० जना गम्भीर घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ४ गते।

नेपाली सेनाको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार क्याप्टेन उमेश राईसहित २३ जनामध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो।

गम्भीर घाइते भएकालाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको  सशस्त्र प्रहरीका नायव उपरीक्षकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *