अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन ४ गते।
भारतको मध्य प्रदेशमा आज ५४ जना यात्रु बोकेको बस नहरमा खस्दा १८ जनाको ज्यान गएको छ ।
आज बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो । सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म नहरबाट १८ भन्दा बढीको शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय जनता, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन् ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानी रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन् ।