धनुषामा एक महिलाको शव फेला

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन ४ गते।

धनुषामा एकाबिहानै एक महिलाको शव फेला परेको छ ।

कमला नगरपालिका २ माचिझिटकैयामा आज बिहान एक महिलाको शव खेतमा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । 

माचिझिटकैया टोल पस्ने हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा महिलाको शव मृत फेला परेको सोही वडाका वडाध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।

स्थानीय एक युवक शौच गर्नका लागि घर बाहिर गएपछि आज बिहान महिलालाई मृत अवस्थामा देखेको थियो । पछि उनले नै वडाध्यक्षलाई खबर रहेका थिए ।

मृतक महिला सोही स्थानका खुसिया गडेरीकी दुई पत्नीमध्ये जेठी पत्नी हुन् । हत्या गरेर उनको शव खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *