अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १४ गते।
काठमाडौँको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लुको संक्रमण देखिएको छ ।
बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ताले बताए ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्लाफाँटमा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु पुष्टि भएको हो । बर्डब्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उनले जानकारी दिए ।
अहिले विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको समेत बताइएको छ । बर्डफ्लु नियन्त्रणका लागि बैठकले थप निर्णय गर्ने बताइएको छ ।