अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १४ गते।
५ वटा प्रदेशका १२ वटा जिल्लामा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि खुवाइने भएको छ ।

यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोना विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ,पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा चैत २० गतेदेखि मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको छ ।