हेटौंडाको राप्तिपुलमा शुक्रबार दिउसो स्थानीयले सडक अवरुद्ध गरेपछि सडक सूचारु गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १४ गते।

हेटौंडाको राप्तिपुलमा शुक्रबार दिउसो स्थानीयले सडक अवरुद्ध गरेपछि सडक सूचारु गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

सवारी दुर्घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेपछि सुचारु गर्न पुगेको प्रहरी र पीडित पक्षबीच झडप भएको हो । बिहीबार बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा–११ मा ठक्कर दिँदा मयुरी चालक स्थानीय ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको थियो ।

घटना घटेको २४ घण्टा बितिसक्दा समेत सवारी चालकलाई पक्राउ नगरेको भन्दै स्थानीयले राजमार्ग अबरुद्ध गराएका थिए । दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएपछि रोकिएका सवारीलाई स्कर्टिङ गरेर प्रहरीले लैजाने खोजेपछि स्थानीयले अवरोध गरेका थिए । अबरुद्ध सडक सुचारु गराउने क्रममा प्रहरी र स्थानिय बीच झडप भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *