कैलालीको धनगढीमा एक फर्निचर उद्योगमा भीषण आगलागी

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन २२ गते।

धनगढीमा फर्निचर उद्योगमा आगलागी भएको छ। 

उपमहानगरपालिकाको वडा नम्बर-४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउने प्रयास गरिरहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपीले जानकारी दिए ।

आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए। 

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *