कैलालीमा पुनः ठूलो आगलागी

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन २५ गते।

कैलालीमा पुनः ठूलो आगलागी भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के एस कन्स्ट्रक्शन प्रालि आगलागी भएको हो।

के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता  प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

टायर, मोबिल ब्याट्रीलगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ। ग्यारेज सञ्चालकलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षकले करिब ८० लाखदेखि १ करोड रुपैयाँसम्मको क्षति भएको बताए।

आगलागीको कारण खुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदावारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *