अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २६ गते।
राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी जेठमा हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ ।
जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य/अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।
जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।
२० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।