अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २६ गते।
सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ४९ केजी गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल भण्टावारीको टोलीले कोसी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ४९ किलो गाँजा बरामद गरेको हो । केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए ।
गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।