अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ४ गते।
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् ।
कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ बाँसकटेरीका अन्दाजी ६२ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीय रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र २ वर्षीय छोरा मनिष श्रेष्ठ छन् ।
दुर्घटनाबाट घाइते हुनेमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ र २ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।