धरानबाट मङ्गलबार लागूऔषधसहित २ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ४ गते।

धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट मङ्गलबार दिउँसो १ बजे लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् ।

उनीहरूलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटेल एण्ड लजको १०६ नम्बर कोठाबाट लागू औषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *