अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ७ गते।
इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०७ शान्ति टोल स्थित बाटो छेउमा रहेको सैलुन (कपाल काट्ने पसल) बाट हतियार सहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपीका अनुसार शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला महोत्तरी साविक डाम्ही मडई गा.वि.स.वडा नं.२ हाल परिवर्तित महोत्तरी गा.पा.वडा नं.२ बस्ने अ.वर्ष ४० को प्रमोद कुमार चौधरी भूमिहारलाई पक्राउ गरिएको बताए ।
प्रहरीले प्रमोद कुमार चौधरी भूमिहारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।