महोत्तरीका बृद्ध दम्पतिको अपहरण गरेको आरोपमा चार जना पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ९ गते।

आफ्नै घरबाट वेपत्ता भएका महोत्तरीका बृद्ध दम्पतिको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति वेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।

पीपरा गाउँपालिका ५ सहोडबाका वर्ष ५२ का रामबाबु यादव, वर्ष २६ का सुरेन्द्र यादव, वर्ष २४ का राजेन्द्र यादव र विहार मधुवनी घर भई वडा नं. ६ बनौलि बस्ने हरेन्द्र ठाकुर लगायतलाई प्रहरीले सार्वजनिक गरेको हो ।

शंकाको आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुसंग झा दम्पतीको जग्गाको बाटो सम्बन्धि विवाद रहेको, पोलोग्रफी टेस्टमा झुटो बोलेको लगायतको प्रमाणको आधारमा सार्वजनिक महोत्तरीका प्रहरी उपरीक्षकले बताए ।

यस्तै घटनाको केही दिनपश्चात सडकमा देखिएको रगतको छिटा मानवकै रहेको प्रमाणित भएकाले दम्पतिकै रहेको र उक्त रगतको छिटा पक्राउ अभियुक्त रामबाबुकै घर अगअगाडि र घरमा समेत फेला परेको प्रहरीको भनाइ छ ।

दम्पतीको अवस्था अझै अज्ञात रहेको छ ।

हाल उक्त घटनाको अनुसन्धान सीआइबीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *