अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ९ गते।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाँदै हुनुहुन्छ ।
चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति जान लाग्नुभएको हो।
वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्टपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम तय भएको छ राष्ट्रपति कार्यालये जनाएको छ ।
दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ ।
सो कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।