दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,चैत ११ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैया मुल्य बराबरको अमुल फ्रेस क्रिम २ कार्टुन, मख्खन ४ कार्टुन, पास्ता ५ किलो., जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैया मुल्य बराबरको २ सय४० लिटर डिजल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो ।

उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै-लैजादै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।

यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मुल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ ।

बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *