अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,चैत १२ गते।
लागुऔषध खैरो हेरोइन सहित सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट ४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा धरान-१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ बर्षीय अर्पण धमला रहेका छन ।
धरान १५ स्थित एक घरको कोठा खानतलासी गर्दा फ्रिजभित्र लुकाईछिपाई राखेको अवस्थामा ११ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागू औषधसहित पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरी लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।