तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १६ गते।

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदैछ ।

सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो ।

आपसी सद्भाव, राक्षसी (तामसी) प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा होली पर्व मनाइन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाइ विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने परम्परा छ ।

पर्वको तयारी क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर बस्तीमा रङ अबिरको खरिद बिक्री बढेसँगै होली गीतका स्वर गुञ्जदै छन् । फागुन पूर्णिमाको भोलिपल्ट रङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होलीपर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *