होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १६ गते।

काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना बालक घाइते भएका छन्।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *